PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गराउन बम बोकेर जाने पक्राउ



पहिलोपोस्ट

पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गराउन बम बोकेर जाने पक्राउ

काठमाडौं : पूर्वसञ्चार तथा सूचना प्राविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहका कार्यकर्ता टेक लोहार (कालिकोट), लक्ष्मण सेठी (कैलाली) र अमृत कुमाल (कैलाली)लाई नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। 'उनीहरुले नै बम बोकेर लगेको बयान दिएका छन्', एसएसपी थापाले भने।

उनीहरुले प्रदेश ३-०२-००१ प २८३६ नम्बरको युनिकन होण्डा मोटरसाईकल प्रयोग भएको खुलेको छ। मोटरसाइकल माईला लामाका अंगरक्षक कान्छाराम घिसिङको नाममा दर्ता भएको एसएसपी थापाले जानकारी दिए।

अमृतले मोटरसाइकल रानीवारीमा ल्याई लक्ष्मण सेट्टिलाई दिएका थिए। अमृत कुमाल मध्य कमाण्ड व्युरो सदस्य हुन्। भने दुई जना साधारण सदस्य मात्र भएको खुलेको छ।

प्रहरीले घटना भएकै दिन विप्लव कार्यकर्ता देव गुरुङसमेत लाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। फागुन २८ गते बिहान भक्तपुरको थिमिमा पौने ४ आना बन्दै गरेको बाँस्कोटाको घरमा विस्फोट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell