PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

राष्ट्रियसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित



पहिलोपोस्ट

राष्ट्रियसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडौँः राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो।

संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले बैठक स्थगित भएको जानकारी दिए। 

कोरोना प्रकोप न्यूनीकरणका लागि भन्दै बैठक स्थगित गरिएको हो। बिहीबार पनि बैठक बसेको थियो। सरकारको निर्णयविपरीत बैठक बसेको भन्दै आलोचना भएको थियो।

सरकारले बुधबार २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell