PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

गाउँ जान हतारो, बसपार्कमा टिकट लिन तछाडमछाड, दशैंजस्तै सुनसान बन्दै काठमाडौं

गाउँ जान हतारो, बसपार्कमा टिकट लिन तछाडमछाड, दशैंजस्तै सुनसान बन्दै काठमाडौं

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: कोरोना भाइरसको प्रकोपले मानिसहरु काठमाडौं उपत्यका छाडेर घर फर्किन थालेका छन्।

सरकारले विद्यालय बन्द तथा परीक्षा स्थगित गरेपछि प्राय विद्यार्थी गाउँ फर्किन हतारोमा देखिएका छन्। शुक्रबार गोंगबुस्थित नयाँ बसपार्क पुग्दा मानिसहरु टिकट लिन तछाडमछाड र ठेलम ठेल गरिररहेका थिए। सबैलाई टिकट लिने तथा छिटो गाउँ पुग्ने हतारो थियो।

मानिसहरु गाउँ फर्किन थालेपछि काठमाडौं उपत्यका सुनसान बनेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार आज विहानसम्म काठमाडौंबाट १ लाख ८ हजार भन्दा बढी मानिस उपत्यकाबाट बाहिरिएका छन्।

बाहिरिनेको चाप बढेसँगै सरकारले रुट परमिट लिन नपर्ने व्यवस्था गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell