PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

दुबईबाट फर्केका युवकलाई राखियो भद्रपुर अस्पतालको आइसोलेसन वार्डमा, घाँटीको स्वाब जाँच्न पठाइयो काठमाडौं



पहिलोपोस्ट

दुबईबाट फर्केका युवकलाई राखियो भद्रपुर अस्पतालको आइसोलेसन वार्डमा, घाँटीको स्वाब जाँच्न पठाइयो काठमाडौं
फोटो : purwanchaldaily.com

विराटनगर : झापाको सदरमुकाम भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शुक्रबार बिहानदेखि एक बिरामीलाई आइसोलेसन वार्डमा राखिएको छ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पीताम्बर ठाकुरले एक बिरामीलाई आइसोलेसनमा राखिएको पुष्टि गरे।

‘यी बिरामी ३ दिनअघि दुबईबाट आएका रहेछन्, आज रातिको नाइट बस चढेर काठमाडौंबाट विराटनगर आइपुगेका हुन्,’ डाक्टर ठाकुरले भने, ‘उनलाई रुघा लागेको छ। घाँटी दुख्छ र ज्वरो आइरहेको छ। हामीले शङ्का लागेर आइसोलेसनमा राखेका हौं।’

भद्रपुर अस्पतालको आइसोलेसन वार्डमा ८ शय्या छन्।

उनले बिरामीको घाँटीको स्वाब परीक्षण गर्न काठमाडौंको टेकूस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell