PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

नेपाल-भारत सीमा नाका पूर्ण रुपमा बन्द गर्न गगन थापाको माग



पहिलोपोस्ट

नेपाल-भारत सीमा नाका पूर्ण रुपमा बन्द गर्न गगन थापाको माग

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले नेपाल भारत सीमा नाका पूर्ण रुपमा बन्द गर्न माग गरेका छन्।

थापाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सीमा नाकामा आवतजावतका लागि निश्चित समय तोक्नुपर्ने र बाँकी समय पूर्ण रुपमा बन्द गर्नगरी तत्काल कदम चाल्न सरकारसँग माग गरेका हुन्। 

थापाले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्, 'नेपाल भारत सिमानामा आवतजावतका लागि निश्चित सीमा तोकेर बाँकी नाकालाई पूर्ण रुपमा बन्द गरौं। खुला नाकाबाट प्रवेश गर्ने प्रत्येकको विवरण संकलन गरौं। परीक्षण गर्न पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था तथा शंकास्पदलाई अलग राखेर थप परिक्षण गर्ने व्यवस्था गरियोस्।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell