PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

काठमाडौं जिल्ला अदालतमा सेवाग्राहीहरुको जाँचियो तापक्रम



पहिलोपोस्ट

काठमाडौं जिल्ला अदालतमा सेवाग्राहीहरुको जाँचियो तापक्रम

काठमाडौं : जिल्ला अदालत काठमाडौंमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम (ज्वरो) जाँच गरिएको छ।

बबरमहलमा रहेको जिल्ला अदालतमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम जाँच गरेर मात्रै भित्र प्रवेश दिइएको थियो। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेसँगै जिल्ला अदालतले अदालत प्रवेश गर्नु अगाडि नै गेटमा थर्मल गनबाट सबैको तापक्रम जाँच गरिरहेको छ।

अदालतको गेट बाहिर सेवाग्राहीहरुको ठूलो लाइन देख्न सकिन्छ। यता, सर्वोच्च अदालतमा बसेको फुलकोर्टको बैठकले दुई सातासम्म अदालतहरु बन्द गर्ने निर्णय गरेको छ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको फुलकोर्टले चैत २२ गतेसम्मको लागि अदालतका कामकारबाहीहरु बन्द गर्ने निर्णय गरेको हो। बन्दी प्रत्यक्षीकरणबाहेक अन्य सबै कामकारबाही बन्द हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell