PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोभिड-१९ बाट बच्न हात कसरी धुने? सिकाउँदैछ गुगल



पहिलोपोस्ट

कोभिड-१९ बाट बच्न हात कसरी धुने? सिकाउँदैछ गुगल

काठमाडौं : सर्च इन्जिन गुगलले कोरोना भाइरस (कोभिड-१९)विरुद्ध जनचेतना फैलाउने अभियान स्वरुप आफ्नो डुडल परिवर्तन गरेको छ। जनचेतना फैलाउनका लागि गुगलले वैज्ञानिक इग्नाज सेम्मिलविसलाई परिचित गराउँदै हात धुने प्रक्रियालाई आफ्नो डुडलमा देखाएको छ।

इग्नाज हंगेरिका चिकित्सक तथा वैज्ञानिक हुन्। उनी सरसफाइ तथा शुष्म जिवाणुबाट सुरक्षित रहने प्रक्रियाका पर्वर्तकको रुपमा चिनिन्छन्। गुगलले भिडियो मार्फत सन्देश दिएको छ। उसले हात धुने ६ चरणहरु भिडियोमा देखाएको छ।

इग्नाजले 'चाइल्डबेड फिवर' हात धोएर कम गर्न सकिन्छ भन्ने पत्ता लगाएका थिए। १९ औँ सताब्दीको मध्य तिर सामान्य जस्तो यो रोगविरुद्ध उनले 'क्लोरिनेटेड लाइम सोलुसन'ले हात धुने अभ्यासलाई सन् १८४७ मा भियनाको अस्पतालमा काम गर्दा प्रस्ताव गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell