PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

के श्रीलंका र भारतमा जस्तै लक डाउनको अवस्थामा जाँदै हो नेपाल?



पहिलोपोस्ट

के श्रीलंका र भारतमा जस्तै लक डाउनको अवस्थामा जाँदै हो नेपाल?

काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना बढेपछि सरकारले अत्यावश्यक काम बाहेक घरबाट ननिस्किन आग्रह गरिसकेको छ। त्यस्तै २५ जना भन्दा बढी मानिसलाई भेला हुन, विश्वविद्यालय तथा विद्यालयको पठनपाठन बन्द, अदालती काम कारबाही समेत दुई साताको लागि बन्द गर्ने सर्वोच्च अदालको फुल कोर्टले निर्णय गरिसकेको छ।

दुई दिनदेखि सरकारका एकपछि अर्को निर्णयले राजधानीको सुनसान हुँदै गएको छ। आज रातिबाट ६० भन्दा बढी देशबाट हवाइमार्गबाट आउन समेत प्रतिबन्ध लगाएको छ। देशका सीमा नाकामा रोक लगाइएको छ। सरकारले संक्रमण रोक्न पछिल्लो पटक देखाएको अग्रसरताले देश 'पार्सिएल लकडाउन' झै देखिन थालेको छ।

भारतले आइतवार 'जनता कर्फ्यु' लगाउने घोषणा गरिसकेको छ। त्यस्तै श्रीलंकाले समेत आजबाट लागू हुनेगरि तीन दिनको लागि कर्फ्यु घोषणा गरिसकेको छ। नेपालमा अहिलेसम्म एक जनालाई संक्रमण देखिएपछि उपचारपछि घर फर्किसकेका छन्। सरकारले नेपालमा पनि संक्रमण भित्रिनसक्ने देखेपछि लक डाउन गर्ने तयारी गरेको छ। उच्चस्तरीय समन्वय समितिको नेतृत्व गरिरहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले घटनाक्रममा कसरी अगाडि बढ्ने भन्ने विषयमा थप बैठक बोलाएका छन्। त्यस्तै, पोखरेलले आज साँझ प्रधानमन्त्री भेट्ने र थप निर्णय गर्ने उच्चस्तरीय समितिका एक सदस्यले सुनाए।

'प्रधानमन्त्रीज्यूलाई आज समितिका पदाधीकारीले भेट्दैछौं त्यसपछि के गर्ने भन्ने एउटा निर्णय आउँछ,' उनले भने।

सरकारले लक डाउन मोडालिटी कस्तो बनाउने भन्ने यकिन भइसकेको छैन। तर अहिलेसम्मको अवस्था हेर्ने हो भने सरकारले घरबाट बाहिर निस्किन बन्द गर्ने सम्भावना अधिक छ। यसो भएमा भारतमा जस्तै जनता कर्फ्यु लागू हुनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell