PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

कोभिड-१९ को सम्बन्धमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा संबोधन गर्ने



पहिलोपोस्ट

कोभिड-१९ को सम्बन्धमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा संबोधन गर्ने
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा संबोधन गर्ने भएका छन्। उनले कोभिड-१९ को प्रकोपका विषयमा जनतालाई संबोधन गर्ने भएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले साँझ ६ बजे संबोधन गर्ने छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यूले आज साँझ ६:०० बजे बालुवाटारबाट राष्ट्रको नाममा संबोधन गर्नुहुने भएको छ।'

उनको संबोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने थापाले जानकारी दिए। कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुनु भन्ने सरकारको निर्णय अनुसार अन्य मिडियाहरुलाई भने उपस्थित नगराइने बताइएको छ।

शुक्रवार साँझ नै कोभिड-१९ उच्चस्तरीय समितिको बैठक पनि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell