PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

भारतसँगको सीमा बन्द गर्ने तयारीमा सरकार : आउँदै प्रधानमन्त्रीको सम्बोधन



पहिलोपोस्ट

भारतसँगको सीमा बन्द गर्ने तयारीमा सरकार : आउँदै प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको विषयलाई लिएर आज सम्बोधन गर्दैछन्। कोरोनाको विश्वव्यापी प्रभाव फैलिरहँदा तयारीका लागि जुटेको सरकारले चाल्ने कदमबारे प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नेछन्। त्यसैले सबैको चासो छ - के हुनेछ अब? भारत र श्रीलंकामा जस्तै 'कर्फ्यु' लगाउने तयारी त होइन?

प्रधानमन्त्रीको सम्बोधनमा कोरोनाको संक्रमणबाट बच्नका लागि सरकारले गर्ने पहल र सर्वसाधारणले पालन गर्नुपर्ने आचरणको विषय पक्कै पनि समेटिने छ। त्यसबाहेक प्रधानमन्त्री ओलीले भारतीय नाकाबाट हुने आवतजावतको विषयलाई सम्बोधन गर्ने तयारी छ।

अत्यावस्यक सामग्री आयात/निर्यात बाहेक सीमा वारपार हुने गतिविधिलाई नियन्त्रणमा नराख्दा कोरोनाको जोखिम बढ्ने भएकाले यस्तो तयारी भएको हो। तर, खुला सीमा रहेको दुई देशबीच मानिसको आवातजावत रोक्न भने सहज छैन।

के लक डाउनको हो तयारी?

सरकारले आन्तरिक लक डाउनको तयारी गरिसकेको छैन। तर, छिमेकी मुलुक भारतमा कोरोनाको प्रभाव बढ्दै गरेको अवस्था मूल्याङ्कन गर्दै सरकारले सीमा भने बन्द गर्न सक्छ। नेपाल र भारत दुवै मुलुकका लागि सीमा कोरोना भित्रने संदेहपूर्ण मार्ग हुने भएकाले बोर्डर लकको सम्भावना अधिक छ।

आन्तरिक रुपमा भने पार्सियल लक डाउन सुरु भइसकेको छ। स्कुल, कलेज बन्द गरिएका छन्। आकस्मिकबाहेक अस्पतालका अन्य सेवा कटौती गरिएको छ। आकस्मिकबाहेकका शल्यक्रिया पनि नगर्न भनिएको छ।

सरकारले २५ जनाभन्दा धेरैलाई भेला हुन रोक लगाइसकेको छ भने सिनेमा हल जस्ता मानिसको भिड हुने ठाउँ बन्द गराएको छ। खेलकूदका गतिविधिहरु पनि रोकिएको छ।

यी सबै गतिविधिले आंशिक लक डाउन भइसकेको देखाउँछ।

नाका बन्द गर्न प्रदेश १ सरकारको सिफारिस

प्रदेश नम्बर १ ले आजै संघीय सरकारलाई पत्राचार गर्दै भारतसँग जोडिएका सबै नाकालाई बन्द गर्न आग्रह गरेको छ। तराईका जिल्लामा चल्ने हाटबजार, मेला र भिडभाड रहने सरकारी कार्यालयमा सेवा घटनाउनपर्ने सुझाव दिएको छ।

'सीमा नाका बन्द गर्न हामीले संघीय सरकारलाई पत्राचार गरिसकेका छौं,' एक नम्बर प्रदेशका गृहमन्त्री हिक्मत कार्कीले भने।

चीनमा कोरोनाको प्रकोप बढेसँगै सरकारले तिब्बतसँग जोडिएका नेपाली नाका बन्द गरिसकेको थियो। ती नाकाहरु पनि बन्द नै रहने छन्।

मानिसहरु मास्कसहित अस्पतालमा पुगेका छन्। स्यानिटाइजर हातमा दल्नेहरु पनि उत्तिकै देखिन्छन्। पहिले यस्ता दृष्य खासै देखिन्न थियो। सुरक्षा गार्डहरु सचेत गराइरहेका छन् - एकजनाभन्दा कुरुवा कोही पनि नआउनु है।

अस्पतालका भित्तामा सूचना टाँस गरिएको छ - भिड नगर्नु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell