PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

स्वास्थ्य मन्त्रालयले भन्यो : अत्यावश्यक बाहेक अन्य समयमा अस्पताल नजानुस्



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रालयले भन्यो : अत्यावश्यक बाहेक अन्य समयमा अस्पताल नजानुस्

काठमाडौं : कोरोना भाइरसको कारण देखाउँदै स्वास्थ्य मन्त्रालयले अत्यावश्यक तथा स्वास्थ्य परीक्षण नगरी नहुने बाहेक अन्य परीक्षण तथा शल्यक्रिया नगर्न निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै काठमाडौं तथा ५० शैया भन्दा माथिका अस्पतालमा चैत मसान्तसम्म नजानको लागि आग्रह गरेको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यकाका ५० सैया र सो भन्दा माथिका अस्पतालहरूलाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धी सेवाहरु आउँदो चैत मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिने।’

त्यस्तै कोभिड-१९ को पहिचान, परीक्षण, उपचार र रोकथामको लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीहरुको स्वास्थ्य सेवा विभागले सूची तयार गरी परिणाम समेत उल्लेख गर्ने बताइएको छ। उक्त सामाग्रीहरु उपलब्ध गराइदिन मन्त्रालयमार्फत नेपालमा रहेको चिनियाँ राजदूतावासलाई अनुरोध गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell