PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको अभियोगमा २३ जना पक्राउ



पहिलोपोस्ट

यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको अभियोगमा २३ जना पक्राउ

काठमाडौं : उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिएको अभियोगमा प्रहरीले २३ जनालाई शुक्रवार बिहान पक्राउ गरेको छ।

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा असुल गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell