PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

देशभरका विमानस्थलमा सरसफाइका लागि आवश्यक केमिकल अभाव



पहिलोपोस्ट

देशभरका विमानस्थलमा सरसफाइका लागि आवश्यक केमिकल अभाव

काठमाडौं : देशभरका विमानस्थलहरुमा सरसफाइका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैर आवासीय नेपाली संघले गरेको सरसफाइ निरीक्षणका क्रममा विमानस्थलहरुमा आवश्यक केमिकल अभाव रहेको पाइएको हो। सरसफाइ अभियन्ता खेम राज शर्माले सीसा र भुँई सफा गर्ने छुटटै केमिकल हरेक विमानस्थलहरुमा हुनुपर्ने भएपनि त्यो नभएको पाइएको बताए।

सरसफाइ मजदुरहरुको ड्रेस कोड नभएको र उनीहरुको स्वास्थ्य तथा सुरक्षाका विषयमा ध्यान दिनुपर्ने उनले बताए। सरसफाइ मजदुरका लागि आवश्यक पर्ने मास्क, चस्मा, पञ्जा लगायतका सामग्रीहरु अभाव देखिएको पनि उनले जानकारी दिए।

सरसफाइ रिपोर्ट प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री योगश भट्टराईले अध्ययन प्रतिवेदनबाट आएका सुझावहरुलाई छ्टिटै कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन्। पहिलो एक महिनामा सुझाव अनुसार नागरिक उड्डयन प्राधिकरण मार्फत विमानस्थलाई पठाउने र तीन महिनापछि पुनः अनुगमन गरी अवस्था सुधार भएको/नभएको विषयमा जानकारी लिने उनले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरीका विभिन्न ११ वटा विमानस्थलहरुको सरसफाइको अवस्थाका विषयमा स्थलगत अध्ययन गरिएको थियो। अध्ययनका क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै पनि विमानस्थलमा सरसफाइ नभएको पाइएकाले सरकारले आवश्यक नीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell