PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कोरोनाविरुद्ध लड्न जर्मनीले नेपाललाई एक मिलियन युरो दिने



पहिलोपोस्ट

कोरोनाविरुद्ध लड्न जर्मनीले नेपाललाई एक मिलियन युरो दिने
Photo: Getty Images

काठमाडौं : जर्मनीले नेपाललाई एक मिलियन युरो (१२ करोड ८८ हजार) सहयोग गर्ने घोषणा गरेको छ। कोरोना भाइरस (कोभिड-१९)को आपतकालिन अवस्थाको लागि सो सहयोग गर्न लागिएको नेपालस्थित जर्मन दूतावासले बताएको छ।

दूतावासले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेपाललाई प्रदान गर्दै आएको अन्य स्वास्थ्य कार्यक्रमसँगसँगै सो सहयोग पनि उपलब्ध गराउने जनाएको छ। कोभिड-१९ को संक्रमण संसारभर फैलिरहेको हालको अवस्थामा स्वास्थ्य सहयोग कार्यक्रमलाई तीव्रताका साथ अघि बढाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell