PahiloPost

Jan 3, 2026 | १९ पुष २०८२

युरोपमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो : इटालीमा विश्वमै सबैभन्दा धेरै



पहिलोपोस्ट

युरोपमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो : इटालीमा विश्वमै सबैभन्दा धेरै

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण युरोपमा निकै तीव्र रुपमा फैलिरहेको छ। शुक्रवारको पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण युरोपमा मुत्यु हुनेको संख्या पाँच हजार नाघेको छ

इटालीमा कोभिड-१९ को प्रभाव निकै बढी छ। जहाँ हालसम्म ४७ हजार २१ जनामा संक्रमण देखिएकामा ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ। यो तथ्यांक चीनको भन्दा धेरै हो। चीनमा हालसम्म ८२ हजार सात संक्रमितमध्ये तीन हजार दुई सय ४८ जनाको मृत्यु भइसकेको छ। इटालीमा तीव्र रुपमा संक्रमण बढिरहँदा चीनमा भने घटेको तथ्यांक आएको छ।

युरोपमा इटाली पछि स्पेनमा धेरैको मृत्यु भएको छ। १९ हजार नौ सय ८० संक्रमण देखिएको स्पेनमा एक हजार दुई जनाको मृत्यु भएको छ। यहाँ शुक्रवार दुई हजार तीन सय ३५ नयाँ संक्रमण देखिएको छ।

त्यस्तै जर्मनीमा कोभिड-१९ को संक्रमण दर निकै उच्च छ। शुक्रवार जर्मनीमा तीन हजार चार सय ३६ नयाँ संक्रमण देखिए। त्यहाँ हालसम्म १५ हजार तीन सय २० जनामा संक्रमण देखिएकामा ४४ जनाको मृत्यु भएको छ।

यसैगरी फ्रान्समा ३७२, बेलायतमा १४४, नेदरल्यान्ड्समा ७६, स्वीजरल्यान्डमा ४३, बेल्जियममा ३७ तथा स्वीडेनमा ११ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell