PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

उपचारपछि ९२ हजार मानिस तगडा, कोरोनाबाट मर्नेको संख्या ११ हजार नाघ्यो



पहिलोपोस्ट

उपचारपछि ९२ हजार मानिस तगडा, कोरोनाबाट मर्नेको संख्या ११ हजार नाघ्यो

कोभिड १९ को प्रकोपबाट आज बिहानसम्म २ लाख ७५ हजार ९ सय ३९ जना मानिस प्रभावित भएका छन्। प्रभावित भएकामध्ये ९१ हजार ९ सय १२ जना उपचार पछि तगडा भएका छन् भने यसैका कारण ११ हजार ३ सय ९८ जना मानिसले ज्यान गुमाइसकेको वर्ल्डमिटर इन्फोले संकलन गरेको लाइभ तथ्याङ्कले देखाएको छ। 

विश्वभर आज बिहान ८ बजेसम्म १ लाख ७२ हजार ६ सय २९ जना मानिसमा कोरोनाको संक्रमण बाँकी छ। यीमध्ये ७ हजार ७ सय ६५ जना मानिसको अवस्था चिन्ताजनक छ। 

कोरोनाका कारण इटालीमा थप ६ सय २७ जनाको मृत्यु भएको छ। यससँगै उक्त मुलुकमा कोरोनाबाट मर्नेको संख्या ४ हजार ३२ पुगेको छ। 
कोरोनाको उद्गम मानिएको चीनमा थप ७ जनाको ज्यान गएको छ। त्यहाँ कूल ३ हजार २ सय ५५ जनाले यसैका कारण ज्यान गुमाए। 

इरानमा मर्नेको संख्या १ हजार ४ सय ३३ पुगेको छ। पछिल्लो समय १ सय ४९ जनाको मृत्यु भयो। अमेरिकामा थप ५६ जनाको मृत्यु हुँदा मर्नेको संख्या २ सय ६३ पुगेको छ। फ्रान्समा थप ७६ जनाको मृत्यु हुँदा मर्नेको संख्या ४ सय ५० पुगेको छ। स्पेनमा २ सय ६२ जना थपिएपछि मृत्यु हुनेको संख्या १ हजार ९२ पुगेको छ। 

सबैभन्दा धेरै उपचारपछि ठीक हुनेमा चिनियाँ रहेका छन्। त्यहाँ ७१ हजार ७ सय ४० जना उपचारपछि निरोगी भएका छन्। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell