PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

गड्डाचौकी नाका बन्द, भारतबाट आउनेको स्वास्थ्य परीक्षणमा कडाईं



पहिलोपोस्ट

गड्डाचौकी नाका बन्द, भारतबाट आउनेको स्वास्थ्य परीक्षणमा कडाईं

महेन्द्रनगर : भारतसँग जोडिने प्रमुख पश्चिमी गड्डाचौकी नाका बन्द गरिएको छ।

शनिबार विहान प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको अध्यक्षतामा बसेको सुरक्षा निकाय, स्वास्थ्य कार्यालय र स्थानीय तहका पदाधिकारीको बैठकले कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि गड्डाचौकी नाका बन्द गर्ने निर्णय गरेको छ। यद्यपि भारतबाट फर्किने नेपालीलाई भने स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइनपछि मात्र गन्तव्य पठाइनेछ।

भारतमा कोरोना संक्रमित बढ्दै गएपछि स्वदेश फर्किनेको संख्या बढेको छ। सरकारले पश्चिमका अन्य नाका बन्द गरेपछि गड्डाचौकीमा चाप बढेको छ। यो अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले थप सतर्कता अपनाएको छ। शनिबारको बैठकअनुसार नेपालीले तत्कालका लागि गड्डाचौकीबाट भारत जान पाउने छैनन्।

बैठकले जिल्लाका अन्य नाका पनि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell