PahiloPost

Jan 3, 2026 | १९ पुष २०८२

कोरोना भाइरसविरुद्ध लड्न नेपालसहित एसियाली मुलुकलाई ज्याकमाको सहयोग



पहिलोपोस्ट

कोरोना भाइरसविरुद्ध लड्न नेपालसहित एसियाली मुलुकलाई ज्याकमाको सहयोग
PHOTO : EPA

काठमाडौं : चिनियाँ जाइन्ट इकमर्स कम्पनी अलीबाबाका संस्थापक एवं एसियाका सबैभन्दा धनाढ्य ज्याकमाले कोरोना भाइरस संक्रमण रोकथामका लागि एसियाली मुलुकलाई सहयोगको घोषणा गरेका छन्।

उनले शनिवार बिहान ट्विटरमा लेखेका छन्, ‘गो एसिया। हामी आवश्यक सहयोग गर्छौं।‘

उनले नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालगायत देशलाई मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामाग्री सहयोग गर्ने उल्लेख गरेका छन्।

ज्याकमाले १० लाख ८ हजार मास्क, २ लाख १० हजार कोरोना टेस्ट किट, ३६ हजार प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर सहयोगको घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ’यी सामाग्रीहरु तत्काल पुर्‍याउन गाह्रो छ। तर हामी यो प्रतिबद्धता जसरी पनि पूरा गर्छौं।‘

ज्याकमाले आफ्नो फाउन्डेसनमार्फत् कोरोना भाइरसविरुद्धको अनुसन्धान र नयाँ खोप विकासका लागि पनि १ करोड ४० लाख अमेरिकी डलर दिने घोषणा गरेका छन्। यसअघि ज्याकमाको कम्पनीले युरोपमा समेत सहयोग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell