PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अवैध क्रसर उद्योग सञ्चालन गरेको अभियोगमा सञ्चालक पक्राउ



पहिलोपोस्ट

अवैध क्रसर उद्योग सञ्चालन गरेको अभियोगमा सञ्चालक पक्राउ

जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित कमला स्टोन क्रसर उद्योगका संचालक महादेव महतोलाई प्रहरीले पक्राउ गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला र जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवको प्रतिनिधित्वमा शनिवार गएको अनुगमन टोलीले महतोले वर्षौँदेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालन गर्दै आएको भेटेपछि उनलाई पक्राउ गरेको हो। गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादवका अनुसार महतोले झन्डै तीन वर्षदेखि कुनै पनि कर नतिरेको र झुठो बोल्दै सरकारी जग्गा कब्जा गरेर गैरकानुनी रुपमा उद्योग संचालन गर्दै आएका थिए। महतोलाई नगरपालिकाले बारम्बार मौखिक र लिखित जानकारी गराउँदा पनि बेवास्ता गरेको नगर प्रमुख यादवले बताए।

जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झाले कमला स्टोनका सञ्चालक महादेव महतोलाई उद्योग नविकरणको लागि आग्रह गर्दा अटेर गरेको र सोधखोज गर्दा उद्योग बन्द रहेको भन्दै पटकपटक झुठो बोल्दै आएको बताए।

अनुगमन टोलीले गणेशमान चारनाथ नगरपालिका भित्र पर्ने करिब आधा दर्जन भन्दा बढिमा क्रसर उद्योगमा अनुगमन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell