PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'कोरोनाको कारण मानिसको मृत्यु भएको' भन्दै अफवाह फैलाउने युवक पक्राउ



पहिलोपोस्ट

'कोरोनाको कारण मानिसको मृत्यु भएको' भन्दै अफवाह फैलाउने युवक पक्राउ
फाइल फोटो

काठमाडौं: कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय साइबर व्यूरोको टोलीले रामेछाप घर भएका २० वर्षीय विवेक थापालाई नियन्त्रणमा लिएको हो। भक्तपुरको सिपाडोलबाट उनलाई नियन्त्रणमा लिइएको हो।

सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको उल्लेख छ। अडियोले जबर्जस्ती नेपालमा कोरोना भाइरस फैलिसकेको भन्दै आतंक सिर्जना खोजेको छ।

भाइरल अडियोबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको थियो। नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले आफ्नो अस्पतालमा कोरोनाका कुनै विरामी नभएको स्पष्ट पारेका थिए।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा झुट्ठा अफबाह फैलाउन नहुने उल्लेख गरिएको छ। यस्तो गरिएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ व्यवस्था छ।

सम्वन्धित समाचार

कोरोनाको अफवाह फैलाउने अडियोबारे प्रहरीबाट अनुसन्धान शुरु, नर्भिकले भन्यो: त्यस्ता कुनै विरामी छैन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell