काठमाडौं : उपत्यकाका तीन प्रमुख पर्यटकीय क्षेत्रमा पर्ने दरवार क्षेत्रहरु यतिखेरमा चहलपहल छैन। पर्यटकीय गतिविधिले गुल्जार रहने यी स्थानमा कोरोनाका कारण मानिसहरुको गतिविधि ठप्पजस्तै हुँदैछ।
भक्तपुर दरवार क्षेत्रमा मानिसहरु धेरै देखिन्नन्। पाटन दरवार क्षेत्रमा पनि मानिसहरुको चहलपहल कमै छ। वसन्तपुर दरवार क्षेत्रमा मानिसहरु त देखिन्छन् तर पहिलेको तुलना गर्द असाध्यै न्यूनमात्र। यी तीनवटै दरवार क्षेत्रमा यतिखेर पर्यटकको चहलपहल राम्रै हुन्थ्यो। बौद्ध स्तुपमा पनि उत्तिकै गतिविधि देखिन्थ्यो, भक्तको र पर्यटकको। यहाँ पनि चहलपहल स्वात्तै घटेको छ। पशुपतिमा जानेहरु पनि कम भएका छन्।
कोभिड १९ भाइरसका कारण पर्यटकमात्र होइन, स्थानीय मानिसको पनि गतिविधिहरु नियन्त्रित बन्दै गएको छ। त्यसैले फरक खाले सन्नाटा देखिन्छ यी ठाउँहरुमा। त्रासले गाँजेकाले मानिसहरु निर्धक्क भएर हिँड्न सकेका छैनन्। पर्यटकीय क्षेत्रमा मानिसको गतिविधिले एकखाले प्राण भरेको हुन्थ्यो, जुन यतिखेर देख्न पाइन्न। पहिलोपोस्टका अमित माचमसी र समर्थ रञ्जितले यी क्षेत्रको अवस्थालाई यसरी क्यामरामा कैद गरेका छन् हेर्नुस् -