PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

पशुपतिमा विशेष र आरती पूजा स्थगित, नियमित पूजा भने यथावत



पहिलोपोस्ट

पशुपतिमा विशेष र आरती पूजा स्थगित, नियमित पूजा भने यथावत

काठमाडौं : पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको हो।

नियमित पूजा भने यथावत रहेको छ। सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको बताइएको छ। कोरोना जोखिमको कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या पनि कम हुँदै गएको छ। नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दुरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ क्षेत्र विकास कोषले गरेको छ।

मन्दिर परिसरमा ठाउँठाउँमा स्यानिटाइजर राखिएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको छ। पशुपतिनाथ मन्दिरमा १ हजार १ सय रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ। मन्दिर वरीपरी सामान्य अवस्थामा निकै भिडभाड हुने गरेकोमा अहिले सुनसान जस्तै देखिन्छ। पशुपतिनाथ क्षेत्र विकास कोषले नियमित रुपमा गर्दै आएको आरती पूजालाई समेत स्थागित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell