PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रतिवन्ध लगाइएको मुलुकबाट ६२ जना नेपाली स्वदेश फर्किए, खरिपाटी स्थित क्वारेन्टाइनमा राख्ने तयारी



पहिलोपोस्ट

प्रतिवन्ध लगाइएको मुलुकबाट ६२ जना नेपाली स्वदेश फर्किए, खरिपाटी स्थित क्वारेन्टाइनमा राख्ने तयारी

काठमाडौं: कोरोना संक्रमणको कारण सरकारले खाडी तथा युरोप मुलुकबाट नेपाल आउन रोक लगाएको छ।

तर, शनिवार एयर इन्डिया र थाइ एयरलाइन्सबाट धेरै सङ्ख्यामा नेपालीहरु स्वदेश फर्किएको भेटिएको छ। अहिलेसम्म प्रतिवन्ध लगाएको खाडी मुलुकबाट ६२ जना नेपाल भित्रिएको खुलिसकेको छ।

यो सङ्ख्या बेलुकासम्म अझै बढ्ने देखिन्छ।

'६२ जना नेपाल भित्रिएको देखियो। हामीले अनुसन्धान गरिरहेका छौं। यो सङ्ख्या अझै बढ्ने देखिन्छ,' अध्यागमन विभागका महानिर्देशक ईश्वरीराज पौडेलले भने।

नेपाल आएका उनीहरुलाई खरिपाटीमा रहेको क्वारेन्टाइनमा राख्ने तयारी सरकारले गरिरहेको छ।

सरकारले खाडी तथा युरोपियन मुलुकमा रहेका नेपाली तथा विदेशीलाई नेपालमा प्रवेश गर्न रोक लगाएको छ। भोलिबाट सरकारले सम्पूर्ण अन्तराष्ट्रिय उडानहरु बन्द गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell