PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कोरोनाविरुद्ध लड्न एकतावद्ध भएर सरकारी निर्णयको कार्यान्वयन गर्न नेकपाको अपिल



पहिलोपोस्ट

कोरोनाविरुद्ध लड्न एकतावद्ध भएर सरकारी निर्णयको कार्यान्वयन गर्न नेकपाको अपिल
फाइल फोटो।

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न सबैलाई एकतावद्ध हुन अपिल गरेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाविरुद्ध लड्न सिंगो राष्ट्र एकतावद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न नेकपाले अपिल गरेको हो। नेपाल कोरोनाको जोखिमबाट मुक्त नरहेको नेकपाले जनाएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार, राजनीतिक पार्टी, नागरिक समाज, सामाजिक संघसंस्था र नागरिक सबैलाई एकतावद्ध भएर जोखिमबाट देशलाई बचाउन आग्रह गरे। कोरोनाविरुद्ध लड्ने सरकारलाई आवश्यक निर्णयका लागि पार्टीले सुझाव दिएको र सरकारले गरेका निर्णयहरु कार्यान्वयनका लागि सहजीकरण गरिरहेको उनले बताए।

प्रवक्ता श्रेष्ठले जनचेतना विस्तारका लागि पार्टीले युवा, विद्यार्थी र चिकित्सक संगठनहरुलाई हजारौँको संख्यामा स्वयंसेवक तयार गर्न निर्देशन दिएको पनि उनले बताए। आवश्यकता परेको क्षेत्रमा तत्काल परिचालन गर्न सकिने गरी स्वयंसेवक तयार गर्न संगठनहरुलाई पार्टीले निर्देशन दिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell