PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

घर फर्किन लागेका यात्रुहरुलाई बसपार्कमा निःशुल्क मास्क वितरण



पहिलोपोस्ट

घर फर्किन लागेका यात्रुहरुलाई बसपार्कमा निःशुल्क मास्क वितरण
प्रतीकात्मक तस्विर।

काठमाडौं : नयाँ बसपार्कबाट लामो दुरीमा छुट्ने सावारी साधानमा यात्रा गर्ने यात्रुहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड-१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो। सरकारले चैत १० गते सोमवारदेखि लामो दुरीका सवारी साधन चल्न नदिने भएपछि उपत्यका छाडेर घर फर्कनेहरुको भिड बढेको छ। भिड बढेसँगै कोरोना भाइरस संक्रमणको जोखिम बढेको र त्यसलाई न्यूनीकरण गर्न निशुल्क मास्क वितरण गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए। उनले सरकारसँग आग्रह गरेर मास्कको व्यवस्थापन गरी बसका चालक, सहचालक र यात्रुलाई मास्क वितरण गरिएको बताए।

कोरोना भाइरसको संक्रमण उपत्यकामा बढ्न सक्ने आशंकासँगै घरजानेको संख्या बढेको हो। भिडभाडमा नजान सरकारले आग्रह गरेपनि घर फर्कनका लागि काठमाडौंको बसपार्क र कलंकी क्षेत्रमा भिड लागेको छ। शनिवार साँझसम्म करिब १ लाख ५० हजार मानिसहरुले उपत्यका छाडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell