PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

कोरोना प्रकोप : भारतमा आज जनता कर्फ्यू, संसारभर मर्नेको संख्या १३ हजार नाघ्यो



पहिलोपोस्ट

कोरोना प्रकोप : भारतमा आज जनता कर्फ्यू, संसारभर मर्नेको संख्या १३ हजार नाघ्यो

काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट संसारभर मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ। वर्ल्डोमिटर्सका अनुसार हालसम्म १३ हजार ५० जनाको मृत्यु भएको छ।

त्यस्तै संक्रमणको संख्या ३ लाख नाघेको छ। ३ लाख ७ हजार ६ सय १३ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार संक्रमणदर तीव्र छ।

त्यस्तै ९५ हजार ७ सय ९७ जना उपचारपछि घर फर्किएका छन्।

तथ्यांकअनुसार इटालीमा मर्नेको संख्या बढ्दो छ। पछिल्लो २४ घण्टामा ७ सय ९३ जनाको मृत्यु भएको छ। यससँगै इटालीमा मर्नेको संख्या ४ हजार ८ सय २५ पुगेको छ। इरानमा १ हजार ५ सय ५६, स्पेनमा १ हजार ३ सय ७८, फ्रान्समा ५ सय ६२, अमेरिकामा ३ सय ४०, बेलायतमा २ सय ३३ जनाको मृत्यु भएको छ।

भारतमा जनता कर्फ्यू

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि १ सय ३० करोड जनसंख्या भएको भारतमा आज जनता कर्फ्यूको आह्वान गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाको संक्रमणबाट बच्न जनताका लागि जनताद्वारा लगाइएको कर्फ्यूको सबैले पालना गर्न अनुरोध गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार विहान ७ बजेदेखि सुरु भएको जनता कर्फ्यूका कारण भारतमा सबै सहर बन्द छन्। मानिसहरु घर बाहिर निस्केका छैनन्। रेल, यातायात, बजार सबै बन्द छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell