PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

२४ घण्टामा २ लाख बढीले काठमाडौं छाडे, लामो दुरीको सवारी चल्ने आज अन्तिम दिन



पहिलोपोस्ट

२४ घण्टामा २ लाख बढीले काठमाडौं छाडे, लामो दुरीको सवारी चल्ने आज अन्तिम दिन

काठमाडौं : कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न मानिसहरु राजधानी काठमाडौं छाड्ने क्रम बढ्दो छ। शनिबार सबैभन्दा धेरै २ लाख मानिसले काठमाडौं छोडेका छन्।

पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ३ सय ३९ जना काठमाडौंबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। बाहिरिने गाडीको संख्या २९ हजार ७३ रहेको छ। त्यसैगरी १६ हजार ८५ गाडीबाट ४८ हजार ७२ जना काठमाडौं भित्रिएका छन्।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार लामो दुरीका सवारी चल्ने आज अन्तिम दिन भएकाले विहानैदेखि उपत्यकाबाट बाहिरिने यात्रुको चाप छ। सरकारले भोलिदेखि लामो दुरीका सबै यातायातका साधन सञ्चालनमा रोक लगाएको छ।

कोरोना संक्रमणविरुद्ध सरकारले विभिन्न कदम चालेपछि विगत एक सातायता मानिसहरु उपत्यकाबाट गाउँतिर लागेका छन्। गत बुधबारयता उपत्यकाबाट बाहिरिने संख्या ५ लाख नाघेको एसएसपी ढकालले जानकारी दिए। आज पनि गोंगबुस्थित बसपार्कमा टिकट लिन मानिसहरुको भिड छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell