PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

डलरको भाउ बढेर १२०.६८ रुपैयाँ पुग्यो, कोरोनाको कहरले नेपाली रुपैयाँ सर्वाधिक कमजोर



पहिलोपोस्ट

डलरको भाउ बढेर १२०.६८ रुपैयाँ पुग्यो, कोरोनाको कहरले नेपाली रुपैयाँ सर्वाधिक कमजोर

काठमाडौं : अमेरिकी डलरको १२० रुपैयाँ ६८ पैसा पुगेको छ। एकै दिन डलर ४० पैसालेबढे को हो। बिहीवार डलरको भाउ ११९ रुपैयाँ ११ पैसा थियो। शुक्रवार बढेर १२० रुपैयाँ २८ पैसा पुगेको थियो।

अघिल्लो दिनभरी भएको कारोबारका आधारमा राष्ट्र बैंकले अर्को दिनको रिफरेन्स रेट तोक्छ। १४ को हाराहारीमा रहेको डलर आइतवारसम्म १२० रुपैयाँमाथि उक्लिएको छ। 

चीनबाट फैलिएको नोबल कोरोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि लगानीकर्ताहरुले डलरको माग बढाएका छन्। यही बीचमा सुनको मूल्य पनि बढ्न थालेको छ।

कोरोनाका कारण चीनको मात्र नभइ अमेरिका, युरोप र भारतकै अर्थतन्त्र पनि प्रभावित हुन थालेको छ। लगानीकर्ताहरु सेयर बजारबाट विस्तारै बाहिरिन थाल्दा विश्वका ठूला स्टक एक्सचेञ्जका सूचकहरु फराकिलो अन्तरले झर्न थालेका छन्। 

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। तर यसपाली कोरोनाका कारण डलरको भाउ बढेपनि नेपाली रोजगारीमा रहेका मुलुकहरु पनि यसबाट प्रभावित देखिएकाले ती देशबाट नेपाली फिर्ता पठाइन सक्छन्। यसो हुँदा रेमिटेन्समा आधारित आय घट्न सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell