PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पारस खड्काको कोरोना सन्देश : सबैले आफ्नो जिम्मेवारी लिए अहिलेको परिस्थितिबाट अघि बढ्न सहज हुने छ



पहिलोपोस्ट

पारस खड्काको कोरोना सन्देश : सबैले आफ्नो जिम्मेवारी लिए अहिलेको परिस्थितिबाट अघि बढ्न सहज हुने छ

काठमाडौं : विश्वभर कोरोना भाइसको प्रकोप बढिरहँदा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले सबैलाई आफ्नो जिम्मेवारी लिन आग्रह गरेका छन्। आज सामाजिक सञ्जालमार्फत खड्काले सबै मिलेर अहिलेको अवस्थाबाट अघि बढन आग्रह गरेका छन्।

 

'मलाई थाहा यो हामी कसैका लागि पनि सहज समय छैन। त्यसैले अहिलेको अवस्थामा मेरो र क्रिकेट टिमको तर्फबाट आग्रह गर्दछु कि सबैजना घर बसेर अत्यावश्यक काम बाहेक बाहिर नगएर नेपाल सरकार र सबै सम्वन्धित निकायहरुलाई सहयोग गरिदिनुहुन आग्रह गर्दछु।' क्रिकेटर खड्काले भनेका छन्, 'सबैले आफ्नो तर्फबाट जिम्मेवारी लिने हो भने मलाई लाग्छ आगामी दिनमा जुन यो परिस्थिति छ यो बाट हामीलाई अघि बढ्न सहज हुनेछ।'

कोरोना भाइरसको प्रकोप बढेसँगै विश्वभरका खेल गतिविधि प्रभावित भएका छन् भने नेपाल क्रिकेट लगायतका खेल गतिविधि ठप्प छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell