PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

'मनोरञ्जनभन्दा महत्वपूर्ण स्वास्थ्य' भन्दै रोकियो ‘के घर के डेरा’को छायांकन



पहिलोपोस्ट

'मनोरञ्जनभन्दा महत्वपूर्ण स्वास्थ्य' भन्दै रोकियो ‘के घर के डेरा’को छायांकन

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को विरुद्धको सावधानी नेपाली फिल्म उद्योगले पनि अपनाएको छ। प्रदर्शनरत फिल्महरु उत्रिए। हलहरु बन्द भए। केही फिल्मको छायांकन स्थगित भयो। राज्यले पनि फिल्म सम्बन्धी सम्पूर्ण गतिविधी रोक्न आह्वान गर्‍यो।

चैत दोस्रो सातादेखि छायांकनका लागि फ्लोरमा निस्कने घोषणा गरेको थियो फिल्म ‘के घर के डेरा’ युनिटले। तर, कोभिड-१९ को त्रासबीच सतर्कता अपनाउँदै अवस्था सामान्य नभएसम्मका लागि उक्त फिल्मको छायांकन रोकिएको निर्देशक सुब्रतराज आचार्यले जानकारी दिए।

‘मनोरञ्जनभन्दा महत्वपूर्ण स्वास्थ्य हो’, चलचित्रका कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे लामा) ले भने,’फिल्म त बनाउँदै गरौंला।

पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित ‘के घर के डेरा'को नाम सापटी लिएर यो चलचित्र बनाउन लागिएको हो। फिल्ममा दयाहाङ राई, वर्षा राउत, विपिन कार्की, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको अभिनय रहनेछ।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने चलचित्रलाई दिर्घ वीर गुरुङले खिच्नेछन्। मित्र डि. गुरुङले सम्पादन गर्ने फिल्ममा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell