PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भारतमा कोरोनाबाट मर्नेको संख्या ६ पुग्यो, विहारमा पहिलो संक्रमितको मृत्यु



पहिलोपोस्ट

भारतमा कोरोनाबाट मर्नेको संख्या ६ पुग्यो, विहारमा पहिलो संक्रमितको मृत्यु
PHOTO : PTI

काठमाडौं: भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ। नेपालसँग जोडिएको विहार राज्यमा संक्रमितको पहिलोपटक मृत्यु भएसँगै भारतमा मर्नेको संख्या ६ जना पुगेको हो।

बीबीसी हिन्दीका अनुसार विहारको पटनास्थित एम्स अस्पतालमा शनिबार विहान मृत्यु भएका विरामीको मेडिकल रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

स्थानीय पत्रकार नीरज सहायले मुंगेर निवासी ती व्यक्तिको शनिवार विहान ९ बजे मृत्यु भएको बताए। मृत्युपछि मेडिकल रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। यद्यपि उनी मृगौला पीडित विरामी पनि थिए।

स्थानीय पत्रकार नीरजका अनुसार विहारमा कोरोना संक्रमित दोस्रो विरामी एनएमसीएचको आइसोलेशन वार्डमा छन्। उनी स्कटल्याण्बाट फर्किएका व्यक्ति हुन्।

यसअघि विहारमा कोही पनि संक्रमित फेला परेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell