
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न अपिल गरेका छन।
उनले विश्वमा फैलिरहेको कोरोना भाइरसबाट सावधानी र चेतना अभिवृद्धि गर्न पार्टी पंक्ति र आम जनसमुदायमा आग्रह गरेका हुन्। प्रचण्डले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेका छन्।
अध्यक्ष प्रचण्डले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै आएको पनि बताएका छन्। राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा उनको अनुरोध छ।