PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

टेकु अस्पतालले माग्यो ४४ जना स्वास्थ्यकर्मी



पहिलोपोस्ट

टेकु अस्पतालले माग्यो ४४ जना स्वास्थ्यकर्मी

काठमाडौं : शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल (टेकु) ले स्टाफ नर्स तथा मेडिकल क्षेत्रमा आवद्ध मानिसका लागि विज्ञापन आह्वान गरेको छ।

कोरोना भाइरसको संक्रमणको कारण पछिल्लो समय विरामी चाप बढेपछि आइतवार सुचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो।  अस्पतालले स्टाफ नर्समा २६ जना, नर्सिङ अधिकृतमा ४ जना, मेडिकल अधिकृतमा  ८ जना र  कन्सल्टेण्ड एनेस्थेसियालोजिष्टमा ६ जना माग गरेको हो।

सुचना प्रकाशित भएको पाँचदिन सम्म दरखास्त फारम बुझाउन सकिने छ। करार अवधि तीन महिना रहेको छ। छनौट भएका उम्मेद्वारलाई सरकारलद्धार तोकिएको सुरु तलव स्केल बराबरको मासिक रकम उपलव्ध गराइने सूचनामा उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell