PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन्। उनले साँझ ४ बजेका लागि बैठक बोलाएको श्रम, रोजगार  तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए।

बैठक कोभिड-१९ का विषयमा केन्द्रित रहने बुझिएको छ। मन्त्री यादवले छलफलको एजेण्डबारे आफूलाई जानकारी नभएको बताए।

उनले भने, ‘बैठक ४ बजे बस्ने छ। के विषयमा छलफल गर्ने भन्ने जानकारी दिइएको छैन।’

मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने बताइएको छ। मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell