PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

विभिन्न स्थानका आफ्ना पूर्वाधारहरु आइसोलेसनका लागि प्रयोग गर्न एन्फाको अपिल



पहिलोपोस्ट

विभिन्न स्थानका आफ्ना पूर्वाधारहरु आइसोलेसनका लागि प्रयोग गर्न एन्फाको अपिल

काठमाडौं : कोरोना भाइरसको बढ्दो प्रकोपसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले आवश्यक परेको खण्डमा अस्थाइ क्वारेन्टाइ र आइसोलेसनका केही स्थान उपलब्ध गराउन सक्ने जनाएको छ।

एन्फाले एक विज्ञप्ति निकाल्दै आवश्यक परेको खण्डमा एन्फाको भौतिक संरचनाहरु ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल र धरानको फुटबल एकेडेमीको होस्टल र रौतहटको महिला फुटबल एकेडेमीको होस्टललाई नेपाल सरकार, प्रदेश सरकार या स्थानीय सरकारले प्रयोग गर्न सक्ने जनाएको हो।

एन्फाले विज्ञप्ति मार्फत नेपाल संक्रमणको उच्च जोखिममा रहेको जनाउँदै सतर्कता पूर्वक रहन समेत आव्हान गरेको छ।

कोरोनाको संक्रमण बढेसँगै फुटबललगायतका खेल गतिविधिहरु नेपालमा पछिल्लो समय ठप्प छन्। एन्फाले पनि यसअघि चैत ४ गते विज्ञप्ति निकाल्दै बी डिभिजन लिग लगायत एन्फाले आयोजना गर्ने सभा, गोष्ठीलगायत एन्फा टेक्निकल सेन्टर धरान, बुटवल लगायत सातदोबाटो एकेडेमी र एन्फा सचिवालयसमेत १ हप्ताका लागि बन्द हुने जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell