PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कैलालीको गोदावरीमा विस्फोट हुँदा एक जनाको मृत्यु



एम बम

कैलालीको गोदावरीमा विस्फोट हुँदा एक जनाको मृत्यु

कैलाली : कैलालीको गोदावरीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। तामा जस्तो देखिने अज्ञात वस्तु विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो। विस्फोटमा परी गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीका अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घर नजिकैको जङ्गलमा दाउरा खोज्न गएका विकले आज बिहान तामा जस्तो देखिने अज्ञात बस्तु भेटाएका थिए।

उक्त भेटिएको बस्तु के रहेछ भनी घर आएर आगोमा पगाल्न खोज्दा विस्फोट भएको र विकको मृत्यु भएको उनले बताए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरीको टोली पठाइएको र घटनाबारे थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell