PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोना संक्रमित कनिका कपुर बनिन् 'अस्पतालको टाउको दुखाइ'



पहिलोपोस्ट

कोरोना संक्रमित कनिका कपुर बनिन् 'अस्पतालको टाउको दुखाइ'

गत शुक्रबार भारतीय गायिका कनिका कपुरमा कोरोना भाइरसको संक्रमण देखियो। त्यस यता उनी लखनउस्थित सञ्जय गान्धी पीजीआइ अस्पतालमा उपचाररत् छिन्।

गायिका कपुरकै कारण लखनउमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने स्थिति सिर्जना भएको छ। कोरोना संक्रमित गायिकाले आम मानिसदेखि राज्यसम्ममा त्रास फैलाएकी छिन्। आइसोलेसनमा रहेर उपचारत् अवस्थामा उनले देखाएको व्यवहार अस्पतालको समेत टाउको दुखाई बनेको हो।  

शुक्रबार भर्ना भएकी उनीसँग सहयोगको अपिल गर्नुपर्‍यो, प्रेस विज्ञप्ती जारी गर्दै। उक्त विज्ञप्तीमा कनिकालाई अस्पतालमा सम्भव भएसम्मका सबै सुविधा उपलब्ध गराइएको छ। तर उनी एक बिरामी नभइ 'स्टार'को रुपमा प्रस्तुत भइरहेकी छिन्।

पीजीआई अस्पतालका निर्देशक आरके धीमानले बीबीसी हिन्दीसँग भनेका छन्,'हामीले उनका लागि इउर कन्डिसन भएको क्याबिन खाली गर्‍यौं। अन्य सुविधा दियौं। सरसफाइमा विशेष ध्यान दिएका छौं। टिभी समेत उपलब्ध छ।'

तर, कनिकाले भने उपचार प्रक्रियामा असर हुनेगरी प्रस्तुत भइन्। घरकै खाना खान जिद्दी गरिन्। उनको लागि बेग्लै 'ग्लुटन फ्री फुड'को व्यवस्था समेत गरियो। यति सुविधाबीच पनि उनी एक बिरामी नभइ स्टारको रुपमा प्रस्तुत हुनुले अस्पतालका कर्मचारीहरुलाई दिक्क बनाएको छ।

कनिकाले भने एक अनलाइन मिडियासँगको कुराकानीमा अस्पतालले आफूलाई अपराधीको जस्तो व्यवहार गरेको बताएकी थिइन्। आफूलाई राखेको कोठा फोहोर हुनु, त्यहाँ लामखुट्टे आउनुले आफूलाई समस्या महसुस भएको उनको तर्क थियो। भनेकी थिइन्,'जब म यस्ता विषयमा गुनासो गर्छु तब जवाफ आउँछ – यो अस्‍पताल हो फाइभ स्टार होटल होइन।'

४१ वर्षीय गायिका कनिका मार्च ९ मा लण्डनबाट मुम्बई आएकी थिइन्। दुई दिनपछि उनी लखनउ पुगिन्। मुम्बई एयरपोर्टमा स्क्रिनिङ गर्दा आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको र जाने अनुमति पनि पाएकी थिइन्।

दर्शक, स्रोताले भने उनले आफैलाई सेल्फ क्वारेन्टाइनमा राखेको भन्दै आलोचना गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell