PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कलोबजारी गर्नेलाई ३ लाख जरिबाना र ५ वर्ष जेल सजाय



पहिलोपोस्ट

कलोबजारी गर्नेलाई ३ लाख जरिबाना र ५ वर्ष जेल सजाय
फाइल फोटो।

काठमाडौं : बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिबाना र ५ वर्ष जेल सजाय हुने भएको छ।

कोरोना भाइरस (कोभिड-१९) संन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो आएका बेला सरकारले तीन लाख जरिबाना सहित ५ वर्ष जेल सजाय हुने बताएको हो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था गरिएको बताए।

उनले भने, ‘बजारमा अभाव सिर्जना गर्नेलाई ५ वर्षको कैद सजाय हुन्छ। कुनै सम्झौता हुन सक्दैन। बदमासी गरेको देख्नुभयो भने तपाईले खवर गर्नुहोस्। त्यसलाई हामी तत्काल कारबाही गर्छौँ। कारबाही गर्नेमा कुनै शंका नगर्नुहोस्।’

रिपोर्टस क्लबमा भएको साक्षात्कारमा मन्त्री भट्टले कोरोनाविरुद्ध लड्नुपर्ने बेलामा सबैले गम्भीरताका साथ एकजुट हुनुपर्ने बताए। सीमाबाट नेपाल आउन नदिनेगरी नाका बन्द गर्ने विषयमा भारतसँग कुटनीतिक रुपमा सरकारले कुरा गरिरहेको उनले बताए। उनले देशमा अघोषित संकटकालको अवस्थामा भोलिको दिनलाई मध्यनजर गर्दै सरकारले पूर्वतयारीका सबै कामहरु गरिरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell