PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

भारतबाट छिर्ने नेपालीको पनि निगरानी कडा गर्न गृहको पत्राचार



पहिलोपोस्ट

भारतबाट छिर्ने नेपालीको पनि निगरानी कडा गर्न गृहको पत्राचार

काठमाडौं : कोरोनाको संक्रमणबाट बच्न भारतमा रहेका नेपालीहरु धमाधम देश फर्किने क्रम बढेको छ। कञ्चनपुरस्थित गढ्डाचौकीबाट मात्र हजारौं नेपाली घर फर्किएका छन्। सरकारले आज राति १२ बजेबाट सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्दैछ। तर, स्थलमार्गबाट अनियन्त्रित रुपमा नेपाल भित्रिने क्रम जारी छ।

देश फर्किने नेपालीबाटै कोरोनाको संक्रमण भित्रिने सम्भावना उत्तिकै छ। सरकारले सम्पूर्ण नाकामा सुरक्षा व्यवस्था मिलाएको दावी गरिरहेको छ तर गढ्डाचौकीबाट नेपाल प्रवेश गर्नेको ताँतीले सरकारी तयारीको अवस्था सार्वजनिक गरिसकेको छ। मुलत: सरकारको व्यवस्थापन खासै प्रभावकारी देखिएको छैन।

आइतवारबाट भने सरकारले सबै नाकाबाट भित्रिने नागरिकलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ। त्यस्तै, गृह मन्त्रालयले सुरक्षा निकायलाई पत्राचार गर्दै नाकाबाट भित्रिएका नागरिकको निगरानी गर्ने निर्देशन दिएको छ।

'हामीले सबै निकायलाई पत्राचार गरिसकेका छौं। जोजो नाकाबाट स्वदेश फर्किनुभएको छ उहाँको स्वास्थ्य चाँजपछि निगरानी गर्छौं,' गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले पहिलोपोस्टसँग भने।

गृह मन्त्रालयलको निर्देशन अनुसार स्वदेश फर्किने नेपालीको ज्वरो चेक गर्ने, ठेगानाको रेकर्ड राख्ने त्यसपछि उसको वडामा ऊ आएको जानकारी दिने व्यवस्था मिलाएको गृह मन्त्रालयले जनाएको छ।

'हामीले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न भनेका छौं। कोही गाँउमा आएको जानकारी स्थानीय प्रशासन मार्फत् वडा गाउँमा जानकारी हुन्छ,' गृहका सह प्रवक्ता अधिकारीले भने।

सरकारले आइतवार रातिबाट सबै अन्तर्राष्ट्रिय उडान बन्‍द गर्ने निर्णय गरे पनि अन्य नाकाहरुको बारेमा कुनै निर्णय गरेको छौं। स्थानीय सरकारले साना नाकाहरु बन्द गर्ने निर्णय गरेका छन्। तर, मुख्य नाकाहरु भने अझै खुला छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell