PahiloPost

Jun 7, 2026 | २४ जेठ २०८३

मंगलवारदेखि गड्डाचौकी नाका अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द



एम बम

मंगलवारदेखि गड्डाचौकी नाका अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतको वनबासासँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका ११ गतेबाट पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको अध्यक्षतामा आज बसेको बैठकले गड्डाचौकी नाकामा चैत ११ गतेदेखि पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको हो।

प्रशासनले आज राति १२ बजे पछि लागू हुने गरी भीमदत नगरपालिकाका दैनिक उपभोग्यका पसल, राहत उद्दार बाहेक यातायात, सम्पूर्ण बजार, पसल, व्यवसाय, उद्योग र कलकारखाना अर्को सूचना नआउन्जेल सम्मका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell