PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

उपत्यका छाड्नेको सङख्या ह्वात्तै बढ्यो, ८ घण्टामा १ लाख २८ हजार यात्रु बाहिरिए



पहिलोपोस्ट

उपत्यका छाड्नेको सङख्या ह्वात्तै बढ्यो, ८ घण्टामा १ लाख २८ हजार यात्रु बाहिरिए

काठमाडौं: सोमबारबाट लामो दुरीका सार्वजनिक यातायात नचल्ने भएपछि उपत्यका छोड्ने यात्रुको सङख्या ह्वात्तै बढेको छ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न मानिसहरु थानकोट, कोटेश्वर, बल्खुलगायत नाकाबाट उपत्यका बाहिरिने क्रम बढेको छ। आज बिहानदेखि दिउँसो २ बजेसम्म १ लाख २८ हजार मानिस गाउँ फर्किएका छन्।शनिवार सबैभन्दा धेरै २ लाख मानिसले काठमाडौं छोडेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कअनुसार १९ हजार ३ सय सवारी साधनबाट १ लाख २८ हजार यात्रुले उपत्यका छोडेका हुन्। उपत्यका भित्रिने यात्रुको सङख्या भने १८ हजार ५ सयमात्र छ।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार लामो दुरीका सवारी चल्ने आज अन्तिम दिन भएकाले विहानैदेखि उपत्यकाबाट बाहिरिने यात्रुको चाप भएको बताए। सरकारले भोलिदेखि लामो दुरीका सबै यातायातका साधन सञ्चालनमा रोक लगाएको छ। तर अहिलेसम्म लामो दुरीको सवारी भनेको केहो? निजी सवारी साधनमा यो नियम लागु हुन नहुने अन्योल नै छ।

बुधवारयता उपत्यकाबाट बाहिरिने संख्या ६ लाख नाघेको एसएसपी ढकालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell