PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

शहर धमाधम यसरी हुँदैछ 'सेल्फ लकडाउन'

शहर धमाधम यसरी हुँदैछ 'सेल्फ लकडाउन'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोभिड १९ (कोरोना भाइरस) रोकथाम गर्ने भन्दै सरकारले आजबाट अत्यावश्यक सेवा प्रदान गर्ने निजी र सरकारी कार्यालयबाहेक सबै बन्द गर्न आग्रह गरेको छ।

जसले गर्दा सधैंजसो व्यस्त रहने काठमाडौंका मुख्यमुख्य स्थानहरु आजबाट खाली भएका छन्। धेरै संख्यामा मानिसहरु गाउँ फर्किएका छन्। सडक सुनसान बनेको छ।

काठमाडौंमा रहेको सपिङ मलहरु आजबाट अनिश्चित समयसम्मका लागि बन्द भएका छन्। व्यापारीहरुले स्वस्फूर्त रुपमा आफ्ना पसलहरु बन्द गरेका छन्। रेष्टराँ,होटल, पार्क, मनोरञ्जनस्थल, चिया पसलहरु समेत बन्द गरिएका छन्। न्युरोडमा रहेको मोबाइल पसलहरु सबै बन्द भएका छन् भने युवा र पर्यटकहरु झुमिरहने दरबार क्षेत्रहरु समेत सुनसान बनेका छन्।

अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंकहरु भने हाललाई खुल्ला रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell