PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

बैंकहरु बन्द नहुने, कर्मचारीको सुरक्षा ब्यबस्था गरी संचालन गर्न राष्ट्र बैंकको निर्देशन



पहिलोपोस्ट

बैंकहरु बन्द नहुने, कर्मचारीको सुरक्षा ब्यबस्था गरी संचालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौः नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै बैकिङ सेवा बन्द नगर्न निर्देशन दिएको छ।

सूचना अनुसार नेपाल राजपत्रमा उल्लेख भए अनुसार आवश्यक सेवा भएकाले बैंकहरु बन्द हुने छैनन्।

साथै राष्ट्र बैंकले कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको ब्यापार निरन्तरतालाई मध्यनजर गर्दै सकेसम्म कम कर्मचारी राखी सेवा दिन भनेको छ।

यसकालागि रिमोट एक्सेस, घरबाटै काम तथा सिफ्टमा संचालनको ब्यबस्था गर्न पनि सूचनामा उल्लेख गरिएको छ।

बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा संक्रमणलाई न्यूनकरण गर्न सूरक्षाका सबै उपायहरु अपनाउन पनि अनिवार्य गरेको छ।

राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell