PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

खरिपाटी क्वारेन्टाइनमा सुरु भयो चहलपहल, ६८ जना राखियो

खरिपाटी क्वारेन्टाइनमा सुरु भयो चहलपहल, ६८ जना राखियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चीनको वुहानबाट ल्याइएका नेपाली विद्यार्थी घर फर्किएपछि सुनसान बनेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुन: चहलपहल सुरु भएको छ।

कोरोना भाइरस फैलिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी ल्याउनुअघि सरकारले खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनलाई क्वारेन्टाइन बनाएको थियो। उक्त क्वारेन्टाइनमा वुहानबाट ल्याइएका १७५ नेपालीलाई १८ दिनसम्म राखेर स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर फर्किएका थिए।

त्यसयता खाली रहेको क्वारेन्टाइनमा शनिबारबाट चहलपहल सुरु भएको हो। त्यहाँ शनिबारबाट ६८ जनालाई राखिएको छ। उनीहरु थाइ, सिल्क, सलाम एयर र एयर इण्डियाबाट नेपाल आएका थिए। हाम्रा सहकर्मी अमित मचामसी क्वारेन्टाइन पुग्दा सुरक्षाकर्मी मुख्य गेटमा थिए भने एम्बुलेन्स तयारी अवस्थामा थियो। थप एक जनालाई उक्त एम्बुलेन्समार्फत आज क्वारेन्टाइनमा ल्याइएको थियो। हेर्नुस् तस्बिरहरु:



ट्रेन्डिङ पोस्ट

Ncell