PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

कञ्चनपुरमा 'अघोषित कर्फ्यू', घरबाहिर निस्किए कारबाही गर्ने चेतावनी



पहिलोपोस्ट

कञ्चनपुरमा 'अघोषित कर्फ्यू', घरबाहिर निस्किए कारबाही गर्ने चेतावनी

कञ्चनपुरः जिल्ला प्रशासन कार्यालयले आज रातिबाट कसैलाई पनि घर बाहिर ननिस्कन आदेश दिएको छ।

आइतबार दिउँसो अघोषित कर्फ्यूको झल्को दिने गरी सूचना जारी गर्दै कञ्चनपुर प्रशासनले आज राति १२ बजेबाट आकस्मिक उपचारबाहेक घरबाट ननिस्कन सूचना जारी गरेको हो।

सूचनाको बर्खिलाप गरेमा सुरक्षाकर्मीले जाँच गरी कारबाही गर्ने चेतावनीसमेत दिएको छ। प्रशानसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सर्वसाधरण नागरिकलाई आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आह्वान गर्ने। सूचनाको बर्खिलाप विनाकारण घर बाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी कानुन बमोजिम गर्ने।'

प्रशासन कार्यालय कञ्चनपुरले भारतको वनबासासँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका ११ गतेबाट पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको अध्यक्षतामा आज बसेको बैठकले गड्डाचौकी नाकामा चैत ११ गतेदेखि पूर्ण रुपमा आवागमन बन्द गर्ने निर्णय गरेको थियो।

आदेश कर्फ्युजस्तै भएको खतिवडाले बताए। 'कर्फ्यु नै होइन। तर कर्फ्यु जस्तै हो', प्रमुख जिल्ला अधिकारी खतिवडाले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell