PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भारतको छत्तीसगढमा माओवादी हमला, १७ भारतीय सैनिकको मृत्यु, १४ जवान घाइते



पहिलोपोस्ट

भारतको छत्तीसगढमा माओवादी हमला, १७ भारतीय सैनिकको मृत्यु, १४ जवान घाइते
PHOTO : AFP/GETTY IMAGES

काठमाडौं: भारतको छत्तीसगढमा विद्रोही माओवादीको आक्रमणमा परी १७ जना भारतीय सैनिकको मृत्यु भएको छ। १४ जना घाइते छन्।

माओवादीको प्रभाव रहेको सुकमा जिल्लामा शनिबार दिउँसो सेना र माओवादीबीच भिडन्त भएको थियो। यो हमलालाई वर्षकै ठूलो आक्रमण भनिएको छ। भिडन्तपछि वेपत्ता भएका १७ सैनिकको शव आइतबार फेला परेको बस्तर आईजी सुन्दरराज पीले जानकारी दिएका छन्।

बीबीसी हिन्दीका अनुसार आक्रमणमा घाइते १४ जवानको रायपुरको एक निजी अस्पतालमा उपचार भइरहेको छ। कही जवानको अवस्था गम्भीर छ। छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल आज अस्पताल पुगेर घाइते जवानसँग भेट गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

भिडन्तका क्रममा माओवादीले सुरक्षाकर्मीको अत्याधुनिक हतियार समेत लुटेर लगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell