PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोरोना प्रभाव : हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण स्थगित



पहिलोपोस्ट

कोरोना प्रभाव : हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण स्थगित

काठमाडौं : हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण स्थगित भएको छ। कोरोनाको संक्रमणबाट बच्न आजदेखि ‘सेल्फ क्वारेन्टाइन’मा बस्ने निर्णय गरेको भन्दै ‘सक्किगोनी’को प्रशारण स्थगित गरेको निर्माण टिमले जनाएको छ।

निर्देशक तथा कलाकार कुमार कट्टेल (जिग्री)ले फेसबुकमा स्टाटस पोस्ट गर्दै ‘सक्किगोनी’को प्रशारण स्थगित भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको लक डाउनको अनुरोधलाई आत्मसाथ गर्दै अर्को सूचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाललाई स्थगित गर्ने र आफू सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णय गरेका छौँ।’

 

उक्त सिरियलको प्रशारण रोकिदा दर्शकहरुमा पर्न जाने असुविधालाई मध्यनजर गर्दै निर्माण टिमले माफी समेत मागेको छ। अहिलेको समयमा स्वास्थ्यलाई नै प्रथमिकता दिने भन्दै ‘सक्किगोनी’का सम्पूर्ण टिमले सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णय गरेको कट्टेलले स्टाटसमा उल्लेख गरेका छन्। त्यस्तै कोरोनाको संक्रमण कम भएपछि नियमित भागहरु लिएर आउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell