PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

ग्राहक बनेर गएको महानगरको टोलीले बरामद गर्‍यो मास्क र स्यानिटाइजर



पहिलोपोस्ट

ग्राहक बनेर गएको महानगरको टोलीले बरामद गर्‍यो मास्क र स्यानिटाइजर

विराटनगर : ग्राहक बनेर खरिद गर्न गएको विराटनगर महानगरपालिकाको टोलीले ११ हजार ३ सय ५० थान सर्जिकल मास्क र १५ सय बोतल स्यानिटाइजर बरामद गरेको छ।

महानगरपालिकाको उपभोक्ता संरक्षण तथा अनुगमन समितिका प्रमुख राजेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले विराटनगरको श्री सर्जी इम्पेक्सबाट सर्जिकल मास्क र स्यानिटाइजर बरामद गरेको हो।

‘हामी पहिले मास्क र स्यानिटाइजर खरिद गर्न भन्दै पसल गएका थियौँ’, प्रमुख श्रेष्ठले भने, ‘पसलका सञ्चालकले एक पिस पनि छैन भन्ने उत्तर दिए। यसपछि हामी महानगरपालिकाको टोली हौँ, तपाईंको गोदाम सर्च गर्छौं भनेर गोदाम सर्च गर्‍यौँ।’

गोदामबाट ११ हजार ३ सय ५० थान मास्क र १५ सय बोतल स्यानिटाइजर बरामद भएको उनले जानकारी दिए। स्यानिटाइजरमा एमआरपी उल्लेख छैन। सञ्चालकलाई कालोबजारी ऐनअन्तर्गत कारबाही चलाइने श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell