PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सेल्फ क्वारेन्टाइनमा रहेकालाई 'डिजिटल वार' गराउँदै 'प्रेम गीत ३', घोषणा गर्‍यो पब्जी प्रतियोगिता



पहिलोपोस्ट

सेल्फ क्वारेन्टाइनमा रहेकालाई 'डिजिटल वार' गराउँदै 'प्रेम गीत ३', घोषणा गर्‍यो पब्जी प्रतियोगिता

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्राससँगै सावधानीका उपायहरु अपनाउन थालिएको छ। सरकारले समेत उच्च सतर्कता अपनाउँदै अत्यावश्यक परेको खण्डमा मात्र निर्देशन दिएको छ। जसको प्रभाव नेपाली फिल्म क्षेत्रमा पनि प्रत्यक्ष रुपमा पर्‍यो।

प्रदर्शनरत् फिल्महरु सिनेमा घरहरु बन्द भएसँगै मारमा परे। भइरहेको छायांकन स्थगित भए। प्रदर्शनको तयारीमा रहेका फिल्महरुको प्रचार प्रसार रद्द भए। त्यस्तै मारमा फिल्म 'प्रेम गीत ३' पनि। चैत २८ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म प्रचार प्रसार मात्र होइन प्रदर्शन नै स्थगित भयो। सरकारले नै सिनेमा हल बन्द गर्न निर्देशन दिएको हो।

तर फिल्म युनिटले प्रचार प्रक्रिया भने रोकेन। आइतबार नै प्रेम गीत ३ युनिटले पब्जी प्रतियोगिता घोषणा गरेको हो। इच्छुक व्यक्तिले घरमै बसेर अर्थात् सेल्म क्वारेन्टाइनमा रहँदै सहभागी हुन मिल्ने गरी प्रतियोगिता घोषणा गरिएको हो।    

यस 'डिजिटल वार' दिनको दुई पटक खेलाइने र दुवै पटक खेल आशुसेन फिल्म्समार्फत् हुने जानकारी निर्माता सन्तोष सेनले दिए।

मार्चको २५ तारिखबाट शुरु हुने प्रतियोगितामा सहभागिता जनाउन आवेदन खुला गरिएको छ। विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्।

छेतेन गुरुङ निर्देशित फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतको अभिनय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell