PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

जुम्लामा ‘लक डाउन’ : जिल्ला प्रवेश गर्न अनिवार्य स्वास्थ्य स्क्रिनिङ



पहिलोपोस्ट

जुम्लामा ‘लक डाउन’ : जिल्ला प्रवेश गर्न अनिवार्य स्वास्थ्य स्क्रिनिङ

काठमाडौं : जुम्ला जिल्ला प्रशासनले जिल्लालाई ‘लक डाउन’ गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी महामारीबाट जुम्लाबासीलाई सुरक्षित गर्न चैत्र १० देखि १६ गतेसम्म जिल्लालाई ‘लक डाउन’ गर्ने निर्णय भएको हो।

आइतवार कोभिड-१९ विपद् समिति जुम्लाको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन्। गृह मन्त्रालयको आदेशअनुसार अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिए।

‘पहिलो चरणमा सात दिन र त्यसपछिको अवस्थालाई हेरेर थप निर्णय गरिने छ’, उनले भने, ‘हामीले सात दिन भनेका छौँ। सात दिनसम्म स्थानीय बासिन्दाहरुलाई कस्तो असर पर्छ। केही अभाव भयो भने यसलाई हटाइन्छ। नत्र थप्न सकिन्छ।’

‘लक डाउन’ अवधिभर जिल्ला प्रवेशमा समेत कडाइ गरिएको सहायक प्रजिअ देवकोटाले जानकारी दिए। उनका अनुसार जुम्ला प्रवेशका प्रमुख तीन नाकामा स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिएको छ।

कालीकोट, मुगु र डोल्पाबाट जोकोहीलाई पनि स्वास्थ्य परीक्षणपछि मात्र जुम्ला प्रवेश गर्न पाउने छ। जाजरकोटसँग सीमा जोडिए पनि त्यसतर्फको सीमा चालु छैन। त्यसका लागि जिल्लास्थित विमानस्थल र प्रस्थान गर्ने सीमा मुख्य विन्दु नाग्ममा आइतवार हेल्थ डेस्कको व्यवस्था गरेको छ।

बैठकले चन्दनाथ नगरपालिकामा रहेको जुम्ला बहुमुखी क्याम्पसलाई क्वारेन्टाइन र आइसोलेसन सेन्टरका लागि स्थान तोकेको छ। स्थानीय तहका नरगरपालिका र गाउँपालिकामा स्थानीय विपद् व्यवस्थापन समितिले आवश्यकता अनुसार तोक्न सकिने पनि उक्त बैठकको निर्णयमा उल्लेख गरिएको छ।

त्यसैगरी बैठकले अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न भने उद्योग वाणिज्य संघ जुम्लाको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय पनि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell